दफा १४क
विघटित संस्थानको जायज्यथा र दायित्व अरु संस्था र संस्थानलाई सुम्पने
दफा १४ बमोजिम कुनै संस्थान विघटन भएमा नेपाल सरकारमा सर्ने सो विघटित संस्थानको सबै जायज्यथा र दायित्व नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अन्य प्रचलित नेपाल कानून बमोजिम गठन भएको कुनै संस्था वा यस ऐन बमोजिम गठन भएको कुनै संस्थानलाई त्यस संस्था वा संस्थानको मंजूरीले सुम्पन सक्नेछ र त्यसरी सुम्पिएमा विघटित संस्थानसंग भएको ठेक्का र करार सो विघटित संस्थानको जायज्यथा र दायित्व सुम्पिएको संस्था वा संस्थानसंग भएको मानिनेछ र सो सम्बन्धमा सुम्पिएको संस्था वा संस्थान सम्बन्धी नेपाल कानूनको व्यवस्थाहरु लागू हुनेछन्।